करदाता प्रोत्साहन पुरस्कार घोषणा

हिमाल प्रेस १ कार्तिक २०८३ १५:४६ | Sunday, October 18, 2026
करदाता प्रोत्साहन पुरस्कार घोषणा

काठमाडौँ- करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको छ।

आइतबार काठमार्डौँको न्यरोडस्थित विशाल बजार परिसरबाट असोज महिनाको दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको हो।

दोस्रो पाक्षिकको पुरस्कारअन्तर्गत १० लाखको पुरस्कार एसएस फेन्सी हाउसबाट तीन हजारको सामान खरिद गर्ने ग्राहक नुवाकोटकी सन्तमाया तामाङले जित्न सफल भएकी छन्।

पुरस्कार विजेतालाई कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले फोन गरेर पुरस्कार जितेको जानकारी गराएका थिए।

त्यस्तै १६ जनाले एक लाख रुपैयाँ प्राप्त गरेका छन्। कार्यक्रममा अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागका अधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: १ कार्तिक २०८३ १५:४६ | Sunday, October 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast