बाढीबाट क्षतिग्रस्त तनहुँका सार्वजनिक संरचनामाको पुनर्निर्माण प्रक्रिया प्रारम्भ

हिमाल प्रेस २३ असोज २०८३ ७:४० | Friday, October 9, 2026
4
SHARES
बाढीबाट क्षतिग्रस्त तनहुँका सार्वजनिक संरचनामाको पुनर्निर्माण प्रक्रिया प्रारम्भ

तनहुँ- हालैको बाढीबाट सार्वजनिक संरचनामा क्षति भएको छ। क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको प्रक्रिया पनि सम्बन्धित निकायले प्रारम्भ गरेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका पाँच झोलुङ्गे पुल पूर्ण र तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति भएको छ। केही पक्की पुल र कल्भर्टमा पनि भत्केका छन्। समितिले क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण तथा मर्मतको प्रक्रिया थालेको छ।

स्थानीय तहका विपद् व्यवस्थापन समितिको निर्णय, सम्बन्धित पालिका तथा वडाको सिफारिस, जिल्ला प्रहरी कार्यालयको सिफारिस र जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा मर्मत तत्काल थाल्न सम्बन्धित निकायलाई अनुरोध गरिएको समितिका अध्यक्ष शिवलाल तिवारीले जानकारी दिए।

घिरिङ गाउँपालिका-१ र पाल्पाको रामपुर नगरपालिका जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

घिरिङ गाउँपालिका-१ को अत्रौलीदेखि कासिवन जोड्ने झोलुङ्गे पुल, घिरिङ गाउँपालिका-४ र नवलपुरको बौदीकाली गाउँपालिका-२ अन्तर्गत मण्डारदेखि खरसङघाट जोड्ने झोलुङ्गे पुल तथा सोही वडाको करुवाटारदेखि माइतीघाट-मचेडी जोड्ने झोलुङ्गे पुल पनि पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

यसैगरी, देवघाट गाउँपालिका-२ र नवलपुरको बुलिङटार गाउँपालिका-१ जोड्ने खाल्टे-बुलिङटार झोलुङ्गे पुलमा क्षति भएको छ।

प्रकाशित: २३ असोज २०८३ ७:४० | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast