कांग्रेस महाधिवेशन : विश्व र पुष्पा निर्विरोध, गगनलाई अन्य दुई नेताको चुनौती

हिमाल प्रेस २१ असोज २०८३ ६:२४ | Wednesday, October 7, 2026
12
SHARES
कांग्रेस महाधिवेशन : विश्व र पुष्पा निर्विरोध, गगनलाई अन्य दुई नेताको चुनौती

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन अन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरेको छ।

जारी महाधिवेशनका लागि तोकिएको कार्यतालिका अनुसार विभिन्न पदहरूमा दर्ता भएका उम्मेदवारीहरूको सूची सार्वजनिक गरिएको हो। सूचना अनुसार, सभापति पदका लागि गगन कुमार थापा, किशोर सिंह राठौर र श्यामकृष्ण खड्‌गी गरी ३ जनाको उम्मेदवारी परेको छ।

यस्तै, वरिष्ठ उपसभापति (१ पद) का लागि विश्व प्रकाश शर्माको एकल उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन समितिले प्रकाशित गरेको पहिलो नामावलीमा कुनै दाबी विरोध वा आपत्ति रहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सूचित गरेको छ। दाबी विरोधको प्रक्रिया सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ। सभापतिमा ३ जनाको प्रतिस्पर्धा हुने देखिन्छ। यता वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसाल निर्विरोध चुनिएका छन्।

 

प्रकाशित: २१ असोज २०८३ ६:२४ | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast