कांग्रेस महाधिवेशन : आज उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारी सच्याउन दिन, मतदान कहिले?

हिमाल प्रेस २१ असोज २०८३ ६:४० | Wednesday, October 7, 2026
कांग्रेस महाधिवेशन : आज उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारी सच्याउन दिन, मतदान कहिले?

काठमाडौँ- नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारी सच्याउन निवेदन दिन सकिनेछ ।

मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन चाहेमा फिर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ । उम्मेदवारको नाम फिर्ता र उम्मेदवारी सच्याउन बिहान ९ बजेसम्मको समय तोकिएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन बिहान १० बजे गर्ने पूर्वनिर्धारित समयतालिका छ । तर, समयतालिका केही पछि सर्दै आएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि आज दिनभर उम्मेदवारले आफ्नो प्रचार गर्न पाउनेछन् ।मतदान भोलि हुनेछ । भोलि बिहान साढे ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

 

प्रकाशित: २१ असोज २०८३ ६:४० | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast