नगेन्द्र कुमाल कांग्रेसको अल्पसंख्यकतर्फको सहमहामन्त्रीको उम्मेदवार

हिमाल प्रेस २१ असोज २०८३ ६:३० | Wednesday, October 7, 2026
नगेन्द्र कुमाल कांग्रेसको अल्पसंख्यकतर्फको सहमहामन्त्रीको उम्मेदवार

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय सदस्य नगेन्द्रकुमार कुमालले पार्टीको जारी १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् । आफूले अल्पसङ्ख्यक समूहमा सहमहान्त्री पदको मनोनयन दर्ता गरेको उनको भनाइ छ ।

संविधानसभा सदस्यसमेत रहेका उनी इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित आएका हुन्। उनले नेपाल आदिवासी जनजाति महासङ्घमा अध्यक्ष र नेपाल विद्यार्थी संघमा उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए।

आफूले कांग्रेसको सहमहामन्त्री पदमा पुग्न सबैबाट सहयोगको अपेक्षा राखेको नेता कुमालको भनाइ छ।

प्रकाशित: २१ असोज २०८३ ६:३० | Wednesday, October 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast