बढी कर तिर्नेमा नबिल बैंक पहिलो नम्बरमा

हिमाल प्रेस ७ मंसिर २०७९ १६:४६ | Wednesday, November 23, 2022
बढी कर तिर्नेमा नबिल बैंक पहिलो नम्बरमा

काठमाडौँ– आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैंकलाई आन्तरिक राजस्व विभागले सम्मान गरेको छ। विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर प्रदान गरेको सम्मानपत्र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बुधबार ग्रहण गरेका हुन्।

बैंकले आव २०७७/७८ मा २ अर्ब ७९ करोड रुपैयाँ कर तिरेको थियो। पछिल्लो १०‍ वर्षमा नबिल बैंक वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो साताैं पटक हो। नबिल हरेक तवरले अग्रणी स्थानमा रहेको बताउँदै सीईओ ढुंगानाले वित्तीय संस्थामध्ये सबैभन्दा बढी कर दाखिला गरी आर्थिक विकासमा टेवा पुर्‍याउन पाउँदा खुसी लागेको बताए।

२०७७/७८ सम्म बैंकले १८ अर्ब ३८ करोड रुपैयाँ कर बुझाएको छ। निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १४ अर्ब ४५ करोड रुपैयाँ नगद लाभांश तथा १८ अर्ब ८ करोड बराबरको बोनश सेयर वितरण गरिसकेको छ।

प्रकाशित: ७ मंसिर २०७९ १६:४६ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast