काठमाडौँ- चौँथो आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डअन्तर्गत नेपालको वाणिज्य बैंकतर्फ नबिल बैंक र विकास बैंकतर्फ साइन रेसुंगा डेभलपमेन्ट बैंक सम्मानित भएका छन्।
भारतको इण्डियन चेम्बर अफ कमर्स (आइसिसी) ले नयाँदिल्लीमा आयोजना गरेको चौँथो आइसिसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्समा नबिल बैंकले ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको हो।
साइन रेसुंगा डेभलपमेन्ट बैंकले ‘बेस्ट डेभलपमेन्ट बैंक अवार्ड’का साथै ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट पर्फर्मेन्स अन ग्रोथ’ गरी तीन विधामा अवार्ड जितेको छ।
प्रकाशित: १९ साउन २०८३ १७:२० | Tuesday, August 4, 2026
प्रतिक्रिया


