सन्चालनमा आए काठमाडौँ उपत्यका जोडिने सडक

हिमाल प्रेस १३ असोज २०८३ १०:२४ | Tuesday, September 29, 2026
6
SHARES
सन्चालनमा आए काठमाडौँ उपत्यका जोडिने सडक

काठमाडौँ- बाढी र पहिरोका कारण अवरुद्ध बनेका राजमार्गहरू पहिरो पन्छाएर खुलाउने क्रम जारी छ । जसका कारण अवरुद्ध सडकहरू खुलाउन थालिएको छ ।

सडक विभागका अनुसार सोमबार (असोज १३) गते बिहान ९ बजेसम्म काठमाडौं उपत्यका जोड्ने विभिन्न राजमार्गहरू सञ्चालनमा छन् ।

बीपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ती लोकपथ, त्रिभुवन राजपथ, अरनिको राजमार्ग, बल्खु-कुलेखानी-भीमफेदी-हेटौँडा सडक सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ ।

यसमध्ये केही सडक एकतर्फी र अधिकांश स्थानमा दुईतर्फी सञ्चालनमा रहेका विभागले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast