काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, युरो पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलरसहित केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा थियो।
आज युरो १ को खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३४ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५१ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५० पैसा छ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ७९ पैसा छ।
आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ।


