काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। कात्तिक ९ (अक्टोबर २६) देखि मंसिर ५ (नोभेम्बर २१) सम्म सञ्चालन हुने एनपीएल खेलहरू काठमाडौँस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछन्।
उद्घाटन भिडन्तमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्, जुन खेल दिउँसो ४:३० बजे सुरु हुनेछ। लुम्बिनी र सुदुरपश्चिम अघिल्लो सिजनको फाइनलिस्ट हुन्। यसपटक दसैँतिहारबीचमा एनपीएल सुरु हुने छ। तर फाइनलसहितका महत्त्वपूर्ण खेल तिहारपछि हुनेछन्। फाइनल खेल मंसिर ५ गते शनिबारका दिन हुनेछ। क्वालिफायरका खेलहरू तिहारपछि हुने क्यानले तालिका ल्याएको छ।
प्लेअफ र फाइनलको तालिका
-क्वालिफायर १ : नोभेम्बर १७ (मंसिर १, मंगलबार) – शीर्ष दुई टोलीबीच
-एलिमिनेटर नोभेम्बर १८ (मंसिर २, बुधबार) – तेस्रो र चौथो टोलीबीच
-क्वालिफायर २ : नोभेम्बर १९ (मंसिर ३,बिहीबार) – क्वालिफायर १ को उपविजेता र एलिमिनेटरको विजेता बीच
-फाइनल : नोभेम्बर २१ (मंसिर ५, शनिबार)



