१६० अतिरिक्त ग्यास बुलेट उपलब्ध गराउन भारत सकारात्मक

हिमाल प्रेस ३१ भदौ २०८३ १७:३४ | Wednesday, September 16, 2026
१६० अतिरिक्त ग्यास बुलेट उपलब्ध गराउन भारत सकारात्मक

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास बुलेट उपलब्ध गराउन भारत सरकार सकारात्मक देखिएको जनाएको छ।

राष्ट्रिय उपभोक्ता मञ्चले बुधबार काठमाडौँ आयोजना गरेको कार्यक्रममा मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले मासिक ५० हजार मेट्रिक टनबाट बढाएर ६० हजार मेट्रिक टनभन्दा बढी आपूर्ति गर्न कूटनीतिक पहल भएको र १६० वटा अतिरिक्त बुलेट उपलब्ध गराउन भारतबाट सकारात्मक प्रतिक्रिया आएको जानकारी दिए।

उनले कृष्णभीरको सडक दुईतर्फी खुलाउन पहल भइरहेको र ग्यास बुलेटहरू भित्रिन थालेपछि स्थिति सहज हुने तथा पुरानै दरमा वितरण हुने जानकारी दिए।

हाल दैनिक ५० हजार सिलिन्डर भित्र्याउने लक्ष्य राखिएकोमा ३५ हजारदेखि ५० हजारको हाराहारीमा सिलिन्डर वितरण भइरहेको उनले बताए। उनले काठमाडौँका खाली सिलिन्डरहरू ट्रकमा बोकेर तराईका उद्योगहरूमा लगी तीनवटै सिफ्टमा चलाएर रिफिलिङ गराई त्रिभुवन राजपथ हुँदै भित्र्याइएको जानकारी दिए।

उनले घरमा चल्तीको सिलिन्डर र अतिरिक्त सिलिन्डर हुनेहरूले पनि लाइन बसेर थप स्टक राख्न खोज्दा समस्या जटिल बनेकाले तत्काल आवश्यक नहुनेहरूलाई अनावश्यक लाइन नबस्न आग्रह गरे।

एउटा मात्र सिलिन्डर भएका, डेरामा बस्ने विद्यार्थी, सुत्केरी, गर्भवती तथा निम्न आय भएका वर्गलाई पहिलो प्राथमिकता दिन आग्रह गरिएको उनको भनाइ छ।

प्रकाशित: ३१ भदौ २०८३ १७:३४ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast