कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, भोलिदेखि दु्ईतर्फी सन्चालनमा आउने

हिमाल प्रेस ३१ भदौ २०८३ ९:१३ | Wednesday, September 16, 2026
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, भोलिदेखि दु्ईतर्फी सन्चालनमा आउने

काठमाडौँ- बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सकिएको छ। सडक विभागका अनुसार सडक खण्डमा भोलिबाट पूर्णरूपमा सवारी साधन आउजाउ गर्नेछन्।

प्रधानमन्त्री शाहले गत भदौ १७ गते प्रतिनिधिसभामा रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले सञ्चालन गरेको खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनबारे जानकारी दिँदै कृष्णभीरमा अवरुद्ध सडक भदौभित्रै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए।

सरकारले सोही घोषणाअनुसार सडक खुलाउने कामलाई प्राथमिकताका साथ अघि बढाएको थियो। पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा कृष्णभीरमा अवरुद्ध सडक खण्डमा भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सञ्चालनमा ल्याइसकिएको छ।

अब असोज १ गते बिहीबारदेखि उक्त सडक खण्डमा दुईतर्फी यातायात सञ्चालन गरिने तयारी गरिएको छ। यससँगै नागढुंगा(मुग्लिन सडक खण्डमा आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ३१ भदौ २०८३ ९:१३ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast