काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिकै लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी भएको छ । शुक्रबार बिहान साढे ५ बजेतिर लेदोसहितको पहिरो खसेपछि कारण राजमार्ग एकतर्फी मात्रै सञ्चालन गरिएको हो ।
पानी परिरहेकोले लेदो पन्छाउन समस्या भएको धादिङ प्रहरीले जनाएको छ । यसअघि पनि कृष्णभीरमा ठूलो पहिरो खसेको थियो। १८ राजमार्ग अवरुद्ध गरेर भित्ता कटान गरेर नयाँ ट्रयाक बनाइएको थियो।
प्रकाशित: ८ असोज २०८३ ७:४४ | Thursday, September 24, 2026
प्रतिक्रिया


