काठमाडौँ- विश्व क्रिकेटका चर्चित ओपनिङ ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन्।
काठमान्डु गोर्खाजले वार्नरलाई टोलीमा आबद्ध गरेको जानकारी दिँदै उनी एनपीएल खेल्न दसैँपछि नेपाल आउने जनाएको छ।
अस्ट्रेलियाका पूर्वओपनर वार्नर एनपीएलमा सहभागी हुने विदेशी खेलाडीमध्ये हालसम्मकै सबैभन्दा ठूलो नामका खेलाडी मानिएका छन्।
प्रकाशित: ३० भदौ २०८३ १३:२४ | Tuesday, September 15, 2026
प्रतिक्रिया


