प्रधानमन्त्री राहत कोषमा १२ अर्ब जम्मा

हिमाल प्रेस २३ भदौ २०८३ १६:४९ | Tuesday, September 8, 2026
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब जम्मा

काठमाडौँ- प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो।

अहिले ९ वटा वाणिज्य बैंकमा रु आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ मौज्दात छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

यसैगरी, हिमालयन बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा रु दुई करोड ११ लाख आठ हजार ४७१ जम्मा भएको पनि कार्यालयले जनाएको छ।

प्रकाशित: २३ भदौ २०८३ १६:४९ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast