काठमाडौँ- बाढी पूर्वानुमान महाशाखाले आज पनि त्रिशुली र बेत्रावतीमा आज बाढी आउने पूर्वानुमान गरेको छ। देशभरका नदीको बहाव मापन गर्दा आज त्रिशुली र बेत्रावतीमा बहाव बढ्ने र त्यसको जोखिम नुवाकोट र रसुवामा जोखिम अनुमान पूर्वानुमान महाशाखाको छ।
शाखाले आज र भोलि नै यी दुई खोला ‘उल्लेखीय बढ्ने’ राखेको छ। यस्तै आज आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ्ग, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत, डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला, र कन्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरुको बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ।


