उद्धारलाई प्रभावकारी बनाउन दूर सञ्चारले दियो २० थान स्याटेलाइट फोन

हिमाल प्रेस १४ भदौ २०८३ १३:१३ | Sunday, August 30, 2026
उद्धारलाई प्रभावकारी बनाउन दूर सञ्चारले दियो २० थान स्याटेलाइट फोन

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।

विपद् प्रभावित क्षेत्रमा सन्चार सेवा अवरुद्ध हुँदा उद्धार र समन्वयमा कठिनाइ भएपछि सूचना प्रवाहलाई सहज र निरन्तर राख्न ती स्याटेलाइट फोन उपलब्ध गराइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार उपलब्ध गराइएका स्याटेलाइट फोनहरूमध्ये १० थान रसुवा र १० थान नुवाकोट जिल्लामा तत्काल प्रयोग हुने गरी पठाइएको छ।

बाढीपहिरोले स्थलगत सन्चार पूर्वाधारमा क्षति पुगेको संवेदनशील भूगोलमा स्याटेलाइट फोनको प्रयोगले खोज तथा उद्धार टोलीबीचको समन्वय र वस्तुस्थिति सम्प्रेषणलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

प्रकाशित: १४ भदौ २०८३ १३:१३ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast