तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

हिमाल प्रेस ५ भदौ २०८३ ७:०० | Friday, August 21, 2026
तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँ- जिल्लाका बजार क्षेत्रमा उद्योग- व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढेको पाइएको छ। एक वर्षमा जिल्लामा ६७० नयाँ उद्योग दर्ता भएका छन्।

एकीकृत सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा २४३ उद्योग र ३२७ वाणिज्य फर्म दर्ता भएका छन्। दर्ता भएका फर्ममा व्यापार, उत्पादन तथा सेवामूलक क्षेत्रका छन्।

गत आवमा ४८४ उद्योग तथा व्यवसाय खारेज भएका जानकारी दिँदै उक्त कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले आव २०८१/८२ को तुलनामा गत आवमा ९४ उद्योग थपिएका बताए।

कार्यालयमा हालसम्म तीन हजार ४७७ उद्योग तथा व्यवसाय नवीकरण भएका छन्।

प्रकाशित: ५ भदौ २०८३ ७:०० | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast