बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या, दोषीलाई कडा कारबाही गर्न सांसदहरूको माग

हिमाल प्रेस ३ भदौ २०८३ १५:५७ | Wednesday, August 19, 2026
6
SHARES
बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या, दोषीलाई कडा कारबाही गर्न सांसदहरूको माग

काठमाडौँ- सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले उक्त घटनामा प्रहरी प्रशासनको समेत कमजोरी देखिएको भन्दै घटनाको छानविन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका हुन्।

बैठकमा रास्वपा सांसद रहबर अन्सारीले ३ वर्षीया अबोध बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनामा बालिका हराएको जानकारी गराएको २४ घण्टासम्म पनि इलाका प्रहरी कार्यालय सिमराबाट कुनै खोजी वा कारबाही अघि नबढाइएको बताए।

घटना दर्ता भएपछि प्रत्येक घण्टा प्रहरीले के–कस्ता कदम चाल्यो भन्ने स्पष्ट ’एक्सन लग’ सार्वजनिक गर्नुपर्ने र दोषी प्रहरी अधिकारीहरूमाथि कारबाही हुनुपर्ने उनले माग गरे।

उनले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा यस्ता जघन्य अपराध रोक्न गृह मन्त्रालयलाई तत्काल गम्भीर हुन आग्रह समेत गरे।

अन्य सांसदहरुले पनि उक्त घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

सिमरामा मृत अवस्थामा फेला परेकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्।

उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो।

प्रकाशित: ३ भदौ २०८३ १५:५७ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast