प्रतिनिधिसभामा तीन विधेयक पेस

हिमाल प्रेस २५ साउन २०८३ १५:५५ | Monday, August 10, 2026
22
SHARES
प्रतिनिधिसभामा तीन विधेयक पेस

काठमाडौँ- सरकारले विभिन्न तीनवटा विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको छ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेका हुन्।

त्यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेकी छन्।

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले संशोधन विधेयकमार्फत विवाद समाधानका लागि नियुक्त हुने मेलमिलापकर्ताको संख्या सम्बन्धी व्यवस्थालाई सरलीकृत गरी मेलमिलाप प्रक्रियालाई सहज बनाइने बताइन्।

मेलमिलाप समन्वय समितिको संरचनालाई प्रदेश र जिल्ला स्तरमा विस्तार गर्दै ‘प्रदेश मेलमिलाप समन्वय समिति’ र ‘जिल्ला मेलमिलाप समन्वय समिति’ गठन गरिने उनले बताइन्।

साथै बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गरे।

प्रकाशित: २५ साउन २०८३ १५:५५ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast