किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अनुमति

हिमाल प्रेस १ भदौ २०८३ १३:१५ | Monday, August 17, 2026
6
SHARES
किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अनुमति

काठमाडौँ- पत्रकार किशोर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले थप ४ दिन थुनामा राख्न अनुमति दिएको छ। प्रहरीले श्रेष्ठलाई अनुसन्धानका लागि थुनामा राख्न म्याद थपका लागि सोमबार (आज) अदालतमा उपस्थित गराएको थियो।

यसअघि श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । थुना म्याद सकिएपछि अनुसन्धान नसकिएको भन्दै पुनः थुना म्यादको माग गरिएको थियो। गत साउन २७ गते पक्राउ गरिएका श्रेष्ठको थुनामुक्तीको माग राखेर उनकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गरेकी थिइन्।

यसअघि साउन २९ गते सर्वोच्चले श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते सोमबार सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो । श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइको पेशी तय भएको छ।

श्रेष्ठ वैयक्तिक गोपनीयता हननको कसुर आरोपसहित पक्राउ परेका थिए । उनलाई महाराजगञ्ज प्रहरीको हिरासतमा राखिएको थियो।

प्रकाशित: १ भदौ २०८३ १३:१५ | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast