हसिनाको पत्रकार सम्मेलनलाई लिएर पछि भारतविरूद्ध बंगलादेशमा तीव्र आक्रोश

हिमाल प्रेस २१ साउन २०८३ १६:०१ | Thursday, August 6, 2026
8
SHARES
हसिनाको पत्रकार सम्मेलनलाई लिएर पछि भारतविरूद्ध बंगलादेशमा तीव्र आक्रोश फाइल तस्बिर

काठमाडौँ- बंगलादेशले पूर्वप्रधानमन्त्री सेख हसिनालाई भारतमा सञ्चारमाध्यमसँग कुरा गर्न अनुमति दिइएको भन्दै कडा आपत्ति जनाएको छ।

बंगलादेश सरकारले भनेको छ,‘त्यस कार्यक्रममार्फत सेख हसिना र उनका सहयोगीहरूले बंगलादेशी राज्य र देशका जनताको उपहास गरेका छन्।’

भर्चुअल पत्रकार सम्मेलनमा बंगलादेशका पूर्वक्रिकेट कप्तान शाकिब अल हसन देखिएपछि उनको घरमा बुधबार राति आक्रमण भएको बताइएको छ।

हसिना नेतृत्वको पार्टी अगामी लिगले शाकिबको निवासमा पेट्रोल बम प्रहार गरेर आक्रमण गरिएको बताएको छ।

अवामी लिगले सामाजिक सञ्जा एक्समा विज्ञप्ति जारी गर्दै भनेको छ,‘विश्वप्रसिद्ध क्रिकेट सम्मानित अध्यक्ष सेख हसिनासँग पत्रकार सम्मेलनमा भाग लिएको केही घण्टापछि उनको निवासमा आक्रमण भयो।’

अवामी लिगले यो आक्रमणलाई कथित लोकतन्त्र निर्माणको नाममा पार्टी कार्यकर्ताविरूद्ध जारी ‘जनसंहार’ अभियानको अर्को उदाहरण भन्दै फासीवादको संज्ञा दिएको छ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री सहिनालाई मानवताविरूद्धको अपराधको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ। उनी ५ अगस्त २०२४ मा सत्ताबाट हटाइएदेखि भारतमा छिन्।

पछिल्लो दुई वर्षमा यो पहिलोपटक हो जब उनले भर्चुअल माध्यमबाट सीधा पत्रकारहरूका प्रश्नको उत्तर दिइन्।

हसिनाले पत्रकारहरूसँग कुरा गरेपछि बंगलादेश सरकारले आपत्ति जनाएको छ।

त्यहाँको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर भनेको छ,‘सरकारले पहिले नै यस कार्यक्रमको बंगलादेश–भारत द्विपक्षीय सम्बन्धको पुनर्गठनमा पर्ने प्रभावलाई लिएर चिन्ता व्यक्त गरेको थियो। यसका बाबजुद यस्तो सार्वजनिक कार्यक्रमको अनुमति दिइनुमा बंगलादेश गम्भीर दुःख व्यक्त गर्दछ।’

बुधबार साँझ हसिनाले दिल्लीको ‘फेरन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया’ द्वारा आयोजिन पत्रकार सम्मेलनलाई भुर्चअल सम्बोधन गरेकी थिइन्। उनले आफू डिसेम्बरमा बंगलादेश फर्किने बताइन्।

यसको केही समयपछि राति करिब ११ बजे बंगलादेशको परराष्ट्र मन्त्रालयले फेसबुक पेजमा विज्ञप्ति जारी गरेको थियो।

‘बंगलादेशका जनता जुलाई क्रान्तिको दोस्रो वार्षिकोत्सव मनाइरहँदा भारतीय भूमिमा सेख हसिनाको पत्रकार सम्मेलन भयो। यो बंगलादेशको सार्वभोमिकतामाथि आक्रमण हो र जुलाई क्रान्तिका सहिदहरूको अपमान हो,’ परराष्ट्र मन्त्रालयले भनेको छ।

जनसंहारकी दोषी (सेख हनिा) र उनको माफिया गिरोहले अब कहिल्यै बंगलादेशको राजीतिमा ठाउँ नपाउने बंगलादेश सरकारको भनाइ छ। विज्ञप्तिमा हसिनाको सुपूर्दगीलाई लिएर पनि निराशा व्यक्त गरिएको छ।

‘बंगलादेश र भारतबीच २०१३ मा भएको सुपूर्दगी सन्धिअन्तर्गत सेख हसिनालाई फिर्ता पठाउन बंगलादेशको तर्फबाट पटकपटक गरिएको अनुरोधमा भारत सरकारको तर्फबाट अहिलेसम्म कुनै जवाफ आएको छैन। यसको विपरित कुनै पनि बहानामा उनलाई सार्वजनिक रूपमा मिडियासँग कुराकानी गर्ने अवसर दिनु यस देशको जनताको भावनालाई चोट पुर्‍याउनु हो र बंगलादेश तथा भारतबीच बलियो द्विपक्षीय सम्बन्ध निर्माणका लागि अत्यन्त हानिकारक छ,’ विज्ञप्तिमा भनिएको छ।

यता हसिनाको पत्रकार सम्मेलनबारे सरकारको कुनै सरोकार नरहेको भारत सरकारले बताएको छ।

‘त्यस कार्यक्रमको आयोजना एक निजी संस्थाले गरिरहेको छ। भारत सरकारको त्यससँग कुनै सम्बन्ध छैन। त्यहाँ व्यक्त गरिएका कुनै पनि विचार वा भनाइलाई भारत सरकारले समर्थन गर्दैन र हाम्रो त्यससँग कुनै सम्बन्ध छैन,’ भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकारहरूसँग भनेका थिए।

यसको एक दिनअघि बंगलादेशका प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुमायुन कबीरले भारतका नवनियुक्त उच्चायुक्त दिनेश त्रिवेदीसँग पनि यसबारे कुरा गरेका थिए र भारतसँग सहयोग मागेका थिए।

प्रकाशित: २१ साउन २०८३ १६:०१ | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast