बंगलादेशका पूर्वप्रधानमन्त्री हसिनाको निवासलाई बनाइयो संग्रहालय

हिमाल प्रेस २० साउन २०८३ १८:२५ | Wednesday, August 5, 2026
12
SHARES
बंगलादेशका पूर्वप्रधानमन्त्री हसिनाको निवासलाई बनाइयो संग्रहालय फाइल तस्बिर

काठमाडौँ- बंगलादेशका पूर्वप्रधानमन्त्री सेख हसिनाको सरकारी निवास ‘गणभवन’ लाई जनविद्रोह स्मारक संग्रहालय बनाइएको छ।

हसिनाको निवास ‘गणभवन’ लाई बुधबार ‘जुलाई जनविद्रोह स्मारक संग्रहालय’ नाम दिएर भव्य उद्घाटन गरिएको हो।

सन् २०२४ को जुलाई–अगस्त विद्यार्थी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीहरूको सम्झना र सम्मानमा संग्रहालयक निर्माण गरिएको हो।

समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार शेर–ए–बंगलादेश नगरस्थित गणभवनमा आयोजित विशेष समारोहका बीच प्रधानमन्त्री तारिक रहमानले संग्रहालयको औपचारिक उद्घाटन गरे।

हसिनाले देश छोडेर भारत शरण लिन पुगेको दिन (५ अगस्त) को ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै यही दिन उद्घाटन कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले फेब्रुअरी २०२५ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार, १५ जुलाईदेखि १५ अगस्त २०२४ सम्म चलेको विद्यार्थी आन्दोलनका क्रममा करिब १४ सय जनाको मृत्यु भएको थियो।

आन्दोलन दबाउन तत्कालीन हसिना सरकारले सुरक्षा बलको प्रयो गरी व्यापक दमन र कडा कारबाही चलाएको प्रतिवेदनमा उल्लेख छ।

सरकारी सेवामा रहेको आरक्षण कोटाको विरोधबाट सुरू भएको प्रदर्शन देशव्यापी जनआन्दोलनमा परिणत भएको थियो।

चौतर्फी दबाबपछि हसिनाले ५ अगस्त २०२४ मा पदबाट राजीनामा दिँदै देश छोड्नुपरेको थियो। त्यसको तीन दिनपछि डा.मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।

बंगलादेशको सरकारी समाचार एजेन्सी बीएसएसका अनुसार युनुस नेतृत्वको अन्तरिम सरकारले नै गणभवनलाई संग्रहालयका रूपमा संरक्षण गर्ने र ऐतिहासिक जनआन्दोलनको दस्तावेज सुरक्षित राख्ने प्रक्रिया अगाडि बढाएको थियो।

यस संग्रहालयले सन् २०२४ को ऐतिहासिक जनआन्दोलनको मर्म र सहिदहरूको बदिलानीलाई चीरस्थायी बनाउने विश्वास लिइएको छ।

प्रकाशित: २० साउन २०८३ १८:२५ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast