आगामी सोमबारदेखि रास्वपाको ‘हामी सुन्छौँ’ अभियान सुरु हुने

हिमाल प्रेस २० साउन २०८३ १५:०६ | Wednesday, August 5, 2026
10
SHARES
आगामी सोमबारदेखि रास्वपाको ‘हामी सुन्छौँ’ अभियान सुरु हुने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यसहित ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीको साउन १३ गते बसेको केन्द्रीय समितिको निर्णयअनुसार आगामी साउन २५ गते साेमबारदेखि पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’ बाट अभियान सुरु गरिने भएको हो।

रास्वपाका सहमहामन्त्री हरि ढकालद्वारा जारी सूचनाअनुसार अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या तथा अमूल्य सुझाव प्रत्यक्ष रूपमा सुन्ने र तिनको सम्बोधनका लागि आवश्यक सहजीकरण गरिनेछ।

यसका लागि प्रत्येक दिन पार्टीका केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यमध्ये दुईजनाको नियमित उपस्थिति सुनिश्चित गरिएको छ। अभियानमा हरेक दिन कम्तीमा एक जना प्रतिनिधिसभा सदस्यको उपस्थिति अनिवार्य रहने व्यवस्था गरिएको पार्टीले जनाएको छ।

प्रकाशित: २० साउन २०८३ १५:०६ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast