काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको बताएका छन्।
बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सिंहले रास्वपाभित्र कुनै पनि किसिमको अन्तरविरोध नरहेको र सबै नेता–कार्यकर्ता एकीकृत रहेको बताएका हुन्।
उनले आफूहरु सत्तापक्षमा रहे पनि संसदमा जनताका मुद्दा र आवाजहरू निरन्तर उठाउनु जनप्रतिनिधिको मुख्य कर्तव्य रहेको धारणा राखे।
सांसद सिंहले जनताको ठूलो आशा र भरोसा रहेको सरकारलाई असफल हुने कुनै छुट नभएको उल्लेख गर्दै वर्तमान सरकार पाँच वर्षसम्म चल्ने र सफल हुने बताए।
उनले सरकारलाई चौतर्फी सहयोग गरेर देशमा सकारात्मक परिवर्तन ल्याउन पाँच वर्ष नै काम गरिने उल्लेख गरे।
प्रकाशित: १५ असोज २०८३ १४:४४ | Thursday, October 1, 2026
प्रतिक्रिया



