बिहार राजनीतिमा ‘पीके’ को उदय

हिमाल प्रेस १८ साउन २०८३ १६:५५ | Monday, August 3, 2026
10
SHARES
बिहार राजनीतिमा ‘पीके’ को उदय

काठमाडौँ- बिहारको बांकीपुर विधानसभा भएको उपनिर्वाचनको मतगणनामा जन सुराज पार्टीका प्रशान्त किशोर (पीके) ले अग्रता कायम गरेका छन्। यो सिटमा सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) का निरज कुमार दोस्रो स्थानमा छन्।

निर्वाचन आयोगका अनुसार बांकीपुर सिटमा कुल ३१ राउन्डको मतगणना हुनुपर्नेछ। २१ राउन्डको मतगणना हुँदा प्रशान्त किशोरले लगातार अग्रता कायम राखेका हुन्।
मतगणनाको पछिल्लो परिणामअनुसार प्रशान्त किशोर ११ हजार बढी मतले अग्रता कायम गरेका छन्। यहाँ राष्ट्रिय जनता दल (आरजेडी) की रेखा कुमारी तेस्रो स्थानमा छिन्।

बांकीपुर सिट पटनाको सहरी क्षेत्रमा पर्छ र यसलाई बीजेपीको गढ मानिन्छ। यो सिटबाट बीजेपी अध्यक्ष नितिन नवीन विधायक भएका थिए।

उपनिर्वाचनमा करिब ३५ प्रतिशत मतदान भएको थियो। सन् २०२५ को विधानसभा निर्वाचनमा यहाँ ४१.३५ प्रतिशत मतदात भएको थियो। त्योबेला बीजेपीका नितिन नवीनले आरजेडीकी रेखा गुप्तालाई करिब ५२ हजार मतले पराजित गरेका थिए। यो सिटबाट बीजेपीले निरज कुमार, जन सुराज पार्टीले प्रशान्त किशोर र आरजेडीले रेखा गुप्तालाई मैदानमा उतारेको थियो। प्रशान्त किशोर चुनावी मैदानमा उत्रिएपछि यो सिट ‘हाई प्रोफाइल’ बनेको हो।

बांकीपुर सिटबाट बीजेपी अध्यक्ष नितिन नवीन विधायक थिए। उनलाई पार्टीले राष्ट्रिय अध्यक्ष बनायो। राज्यसभा सांसद चुनिएपछि उनले यो सिटबाट राजीनामा दिएका थिए।

जुलाई ५ मा पत्रकार सम्मेलन गरेर जन सुराज पार्टीका प्रदेश अध्यक्ष मनोज भारतीले प्रशान्त किशोरको उम्मेदवारी घोषणा गरेका थिए।

यसअघि नोभेम्बर २०२५ मा भएको बिहार विधानसभा निर्वाचनमा जनसुराज पार्टीेले अधिकांश सिटमा आफ्नो उम्मेदवार उतारेको थियो। तर प्रशान्त किशोरले चुनाव नलड्ने घोषणा गरेका थिए।

उनले भनेका थिए, ‘बाँकी सिटमा ध्यान दिनु आवश्यक भएकाले पार्टीले यस्तो निर्णय गरेको हो।’ बांकीपुरबाट चुनाव लड्नले घोषणापछि उनले त्यही लक्ष्यतर्फको एक कदम रहेको बताएका थिए।

जन सुराज पार्टीले सन् २०२५ को निर्वाचनमा खातासम्म खोलन सकेको थिएन। पार्टीको प्रदर्शन निकै खाराब देखिएको थियो। त्यो चुनावमा जन सुराज पार्टीका २३८ मध्ये २३६ उम्मेदवारको जमानत जफत भएको थियो।

यो सिटमा बीजेपीका घोषित उम्मेदवार अभिषेककुमार सिन्हाले अन्तिम समयमा पारिवारिक कारण देखाउँदै जुलाई १० मा आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। जबकि बिहारका मुख्यमन्त्री सम्राट चौधरीले बांकीपुरमा अभिषेकका लागि मत मागेका थिए।

त्यसपछि बीजेपीले निरजकुमार सिन्हालाई उम्मेदवार घोषणा गर्‍यो। उनी सन् २००६ देखि बीजीपीका सदस्य हुन्। यो घटनाक्रममा प्रशान्त किशोरले भनेका थिए,‘जनतासँग अब विकल्प आइसकेकाले बीजेपीले उम्मेदवार पाइरहेको छैन।’

बिहार उपनिर्वाचनमा मात्रै होइन आफ्नो अर्को गढ मध्यप्रदेशमा पनि सत्तारुढ दल बीजेपीलाई चुनौतीको सामना गर्नुपरिरहेको छ। मध्यप्रदेशको दतिया सिटमा भएको उपनिर्वाचनमा बीजेपीका आशुतोष तिवारी पछाडि परेका हुन्। यो सिटमा कांग्रेसका घनश्याम सिंहले अग्रता लिएका छन्।

दतिया सिटमा कुल १५ राउन्डको गणना हुनुपर्नेछ। यहाँ सात राउन्डको गणनापछि बीजेपीका आशुतोष पछाडि परेका छन्। यहाँ आजाद समाज पार्टीका दामोदर यादव ‘मण्डल’ तेस्रो स्थानमा छन्।

बीजेपीले उम्मेदवार बनाएको आशुतोष तिवारी राष्ट्रिय स्वयंसेवक संघ (आरएसस) पृष्ठभूमिका ह्न्। सन् २०२३ का विधानसभा निर्वाचनमा कांग्रेसका राजेन्द्र भारतीले बीजेपीका नरोत्तम मिश्रलाई ७ हजार ५ सयबढी मतले पराजित गरेका थिए।

तर, दिल्लीको एक अदालतले अप्रिलमा ठगीको एउटा मुद्दामा भारतीलाई तीन वर्षको जेल सजाय सुनाएपछि उनको विधानसभा सदस्यता खारेज भएर उपनिर्वाचन भएको हो।

गुजरातको मांजलपुर विधानसभा सिटमा भने बीजेपीका सत्येन्द्रभाइ पटेल अर्थात सतिश पटेलले अग्रता लिएका छन्। यहाँ कुल १९ राउन्ड मतगणना हुनुपर्नेछ। १७ राउन्डको गणनापछि उनले कांग्रसका भीखाभाइ रबारीभन्दा करिब २८ हजारबढी मत पाएका छन्।

प्रकाशित: १८ साउन २०८३ १६:५५ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast