‘गौँथली’ ले तोड्यो ‘लालीबजार’ को रेकर्ड

हिमाल प्रेस १४ साउन २०८३ १३:०७ | Thursday, July 30, 2026
6
SHARES
‘गौँथली’ ले तोड्यो ‘लालीबजार’ को रेकर्ड

काठमाडौँ- डा. कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ ले ‘लालीबजार’ को रेकर्ड तोडेको छ। १० करोड ग्रस कलेक्सन गर्दै यो यसवर्षको धेरै कमाउने फिल्म बनेको हो।

यसअघि यो रेकर्ड स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘लालीबजार’ को नाममा थियो। वैशाख २५ गतेबाट रिलिज भएको यस फिल्मले बक्सअफिसमा ९ करोड ३२ लाख व्यापार गरेको थियो।

तर, चलचित्र विकास बोर्डको तथ्यांकअनुसार प्रदर्शनको १३ औँ दिनमै ‘लालीबजार’ लाई ‘गौँथली’ ले उछिनेको छ। आज बिहीबार बिहान ९ बजेसम्म फिल्मको कूल कमाइ १० करोड १५ लाख पुगेको छ।

साउन १ गतेदेखि प्रदर्शन भएको यस फिल्मले अफसिजनमा पनि आक्रामक कमाइ गरिरहेको छ। गत शनिबार मात्रै यस फिल्मले १ करोड ८० लाख कमाएको थियो। यद्धपी, आजदेखि रिलिज भएको हलिउड फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ को कारण शोमा भने गिरावट आएको छ।

डा। भोला रिजालको कथा रहेको फिल्ममा अरुण क्षेत्री र सिम्रन पन्त मुख्य भूमिकामा छन्। यस फिल्ममा अरुण र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना लगायतको अभिनय छ।निर्माताको रूपमा सुमन गिरी र डा। कपिल रिजाल छन्।

प्रकाशित: १४ साउन २०८३ १३:०७ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast