विराटनगर- जिल्ला प्रशासन कार्यालय मोरङले सबै धार्मिक स्थललाई चर्को आवाजमा लाउडस्पीकर, माइक तथा साउण्ड बक्स प्रयोग नगर्न निर्देशन दिएको छ।
धार्मिक गतिविधिका क्रममा हुने अत्यधिक ध्वनिका कारण जनस्वास्थ्यमा असर परेको गुनासो बढेपछि प्रशासनले यस्तो निर्णय गरेको हो। यसअघि पनि प्रशासनले डिजे प्रयोगमा रोक लगाएको थियो।
सूचनाअनुसार ग्रामीण क्षेत्रमा दिउँसो ४५ डेसिबल र राति ४० डेसिबल तथा सहरी आवास क्षेत्रमा दिउँसो ५५ र राति ५० डेसिबलसम्म मात्र आवाज बजाउन पाइनेछ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले तोकिएको मापदण्ड उल्लंघन गरे कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएका छन्।

प्रकाशित: १४ साउन २०८३ १२:३७ | Thursday, July 30, 2026
प्रतिक्रिया


