सुनसरीमा भारी वर्षाको सम्भावना

हिमाल प्रेस १२ साउन २०८३ १५:४७ | Tuesday, July 28, 2026
10
SHARES
सुनसरीमा भारी वर्षाको सम्भावना

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले सुनसरीसहित देशका विभिन्न क्षेत्रमा आज पनि भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा सुनसरीमा ९०.६ मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो छ घण्टामा भने सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा १५.४ मिलिमिटर रेकर्ड गरिएको छ।

मौसमविद् डेविट ढकालले आज देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको बताए। उनका अनुसार पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। रातिको समयमा पनि पहाडी तथा हिमाली क्षेत्रमा वर्षा जारी रहने अनुमान गरिएको छ।

विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित: १२ साउन २०८३ १५:४७ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast