कृषि विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिने तयारी गर्दै

हिमाल प्रेस ८ साउन २०८३ ५:४५ | Friday, July 24, 2026
12
SHARES
कृषि विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिने तयारी गर्दै

चितवन- चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिने गरी तयारी अघि बढाएको छ।

यही साता भर्ना खुल्ने तयारी भएसँगै स्नातक तहमा विदेशी विद्यार्थी भर्ना लिने गरी अन्तिम तयारी सुरु गरिएको हो।

विश्वविद्यालयले नीतिगत रूपमा अन्तिम निर्णय गरेर भर्ना आह्वान गर्ने तयारी भइरहेको जनाएको छ।

विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाले विदेशी विद्यार्थी भर्नासम्बन्धी विषयमा भएको छलफल अन्तिम चरणमा पुगे पनि निर्णय भने भइनसकेको बताए।

भर्ना आह्वान हुनुअघि नीतिगत रूपमा सम्पूर्ण तयारी र व्यवस्थापनका लागि सरोकार भएका व्यक्तिसँग छलफल भइरहेको उनले जानकारी दिए।

‘कुनै पनि विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरको स्तरनिर्धारण गर्नका लागि विदेशी विद्यार्थीको अध्यापन हुनु जरुरी हुन्छ। विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको बनाउने विभिन्न मापदण्डमध्ये विदेशी विद्यार्थीको अध्यापन एक महत्वपूर्ण आधार भएकाले विदेशी विद्यार्थी भर्नाका लागि छलफल अघि बढाइएको हो’, योजना निर्देशक तिमिल्सिनाले भने।

नेपालमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले छोटा अवधिमा अनुसन्धानका कार्यक्रम सञ्चालन गर्नुका साथै विदेशी विद्यार्थीको सीप विकासका लागि कक्षा सञ्चालन गरे पनि शैक्षिक उपाधि प्राप्त गर्ने गरी विद्यार्थी भर्नामार्फत अध्ययन अनुसन्धानको कार्यक्रम सञ्चालन नगरेको योजना निर्देशक तिमिल्सिनाले जानकारी दिए।

प्रकाशित: ८ साउन २०८३ ५:४५ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast