हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री

हिमाल प्रेस ६ साउन २०८३ १०:२८ | Wednesday, July 22, 2026
18
SHARES
हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।

नेपालको हस्तकलाको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे छलफल कार्यक्रम तय गरिएको हो।

छलफलमा नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा तथा शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: ६ साउन २०८३ १०:२८ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast