कर्णालीमा भोलि सार्वजनिक बिदा

हिमाल प्रेस ३२ असार २०८३ १२:३५ | Thursday, July 16, 2026
10
SHARES
कर्णालीमा भोलि सार्वजनिक बिदा

काठमाडौँ- कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा साउन १ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सूचना जारी गर्दै साउन १ गते कर्णाली प्रदेशभित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द रहने जनाएको छ।

प्रदेश सरकारले यसअघि नै मन्त्रिपरिषद्बाट गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धी सूचना प्रकाशित गरेको हो । प्रदेश सचिव लक्ष्मीकुमार विकद्वारा जारी सूचनाअनुसार कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) ले २०८२ चैत २४ गते बसेको बैठकबाट साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

कर्णाली प्रदेश सरकारले प्रदेशको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको देउडा पर्वलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले साउने संक्रान्तिका अवसरमा प्रत्येक वर्ष सार्वजनिक बिदा दिने व्यवस्था गर्दै आएको छ।

प्रकाशित: ३२ असार २०८३ १२:३५ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast