स्याउ विकास बोर्ड स्थापना गर्न राय माग

हिमाल प्रेस ३ जेठ २०८३ ९:०३ | Sunday, May 17, 2026
4
SHARES
स्याउ विकास बोर्ड स्थापना गर्न राय माग

सुर्खेत- कर्णाली प्रदेश सरकारले प्रदेश स्याउ विकास बोर्ड स्थापना गर्न छलफल सुरु गरेको छ । साविक कर्णालीका प्रदेशसभा सदस्यहरूसँग छलफल सुरु भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए।

उनले भने, ‘कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार तथा सुझाव सङ्कलन गर्ने काम भएको छ। यसलाई किसानमैत्री, जनजीविकाको सवाललाई उच्चतम रूपमा सम्बोधन गर्न सुझाव आएका छन्।’

छलफलमा डोल्पा, हुम्ला, मुगु, जुम्ला र कालिकोटमा प्रदेशसभा सदस्यहरूसँग छलफल भएको छ। बर्सेनि सडक तथा अन्य कारणले गर्दा किसानले उत्पादन गरेका स्याउमा क्षति हुँदा समस्या हुने गरेकाले यसलाई हल गर्न प्रदेश सरकारले स्याउ विकास बोर्ड नै गठन गर्नुपरेको मन्त्री शाहले बताए। स्याउ पाइने ठाउँमा गएर स्थलगत रूपमा अध्ययनसमेत भइसकेको छ।

प्रकाशित: ३ जेठ २०८३ ९:०३ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast