काठमाडौँ- जेनजी अभियन्ता माजिद अन्सारी रिहा भएका छन्। बुधबार राष्ट्रिय मानवअधिकार आयोगको रोहबरमा उनी रिहा भएका हुन्।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएसँगै अन्सारी रिहा भएका हुन्।
राष्ट्रिय मानवअधिकार आयोगको प्रतिनिधिका उपस्थितिमा अन्सारी रिहा भएका छन्।
मानवअधिकार आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले आयोगको प्रतिनिधिको उपस्थितिमा माजिद रिहा भएको जानकारी दिए। उनलाई रिहा गर्ने प्रक्रियामा आयोगका प्रतिनिधिको उपस्थिति रहेको काफ्लेले बताए।
शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा सुकुम्वासीको अवस्था बुझ्न गएका बेला प्रहरीले उनलाई कुटपिट गरी नियन्त्रणमा लिएको थियो।
प्रहरीको कुटपिटबाट घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो।
प्रकाशित: ३१ असार २०८३ १८:३५ | Wednesday, July 15, 2026
प्रतिक्रिया



