माजिद पक्राउबारे जेनजी फ्रन्टले भन्यो – पूर्वाग्रह र प्रतिशोध साँधियो

हिमाल प्रेस २७ असार २०८३ २१:०८ | Saturday, July 11, 2026
10
SHARES
माजिद पक्राउबारे जेनजी फ्रन्टले भन्यो – पूर्वाग्रह र प्रतिशोध साँधियो

काठमाडौँ- नेपाल जेन–जी फ्रन्टले माजिद अन्सारीलगायत सम्पूर्ण जेन–जी अभियन्ताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ।

सुकुम्वासीको अवस्था बुझ्न गएका बेला कीर्तिपुर होल्डिङ सेन्टरबाट शनिबार पक्राउ परेका माजिदलगायतका अभियन्ताहरुलाई रिहा गर्न फ्रन्टले माग गरेको हो।

सुकुम्वासीमाथि राज्यका तर्फबाट भएको व्यवहारको प्रतिवाद गरेकोले माजिदसँग प्रतिशोध साँधिएको फ्रन्टले आरोप लगाएको छ।

खोला किनारका सुकुम्वासी हटाउने सरकारको निर्णयविरूद्ध माजिदले सर्वोच्चमा रिट दायर गरेका थिए।

‘सुकुम्वासीमाथिको राज्य दमनविरूद्ध रिट लिएर सम्मानित सर्वोच्च अदालत पुगेका निवेदकमध्येका जेनजी अभियन्ता माजिद अन्सारीलाई राज्यले आज प्रतिशोध साँध्दै गैरकानुनी पक्राउ गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ फ्रन्टले विज्ञप्ति निकालेर भनेको छ,‘सुकुम्वासीलाई व्यवस्थापन गर्ने बहानाा राखिएको कीर्तिपुर होल्डिङ सेन्टरमा गए रातिको निरन्तर वर्षाका कारण डुबान भएपछि सो को वस्तुस्थिति बुझ्न पुगेका माजिदसहितका जेनजी अभियन्तलाई नेपाल प्रहरीले ‘विद्यार्थी भएर राजनीति नगर’ भन्ने धम्कीसहित कुटपिट गरी अनुहारलगायत शरीरका संवेदनशील स्थानमा चोट पु¥याई पूर्वाग्रह र प्रतिशोधको भरमा पक्राउ गरेको स्पष्ट छ।’

गत वर्षको जेनजी विद्रोहपछि मंसिर २४ मा भउको जेनजी सम्झौतामा प्रहरीको दीर्घकालीन सुधारका विषय समावेश गरिएको स्मरण गराउँदै फ्रन्टले नेपाल सरकराले प्रहरीलाई झन् बढी निरंकुश र अधिनायक बनाउँदै आफू फासीवादतर्फ उन्मुख भएको सन्देश दिएको बताएको छ।

फ्रन्टले गैरकानुनी रुपमा बन्दी बनाइएको भन्दै माजिदलगायत सम्पूर्ण जेनजी अभियन्तालाई तत्काल रिहा गर्न र कुटपिट गरी घाइते बनाइएकाले यथाशीघ्र रिहा गर्न माग गरेको छ।

प्रकाशित: २७ असार २०८३ २१:०८ | Saturday, July 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast