प्रहरीको कुटपिटबाट घाइते माजिद भन्छन् : मलाई किन पक्राउ गरियो थाहा छैन, जीवन रक्षा गर्दिनुहोला

हिमाल प्रेस २९ असार २०८३ ९:५४ | Monday, July 13, 2026
8
SHARES
प्रहरीको कुटपिटबाट घाइते माजिद भन्छन् : मलाई किन पक्राउ गरियो थाहा छैन, जीवन रक्षा गर्दिनुहोला

 काठमाडौँ– जेनजी अभियन्ता माजिद अन्सारीले आफू पक्राउ परेको विषय के हो भन्ने थाहा पाउन नसकेको बताएका छन्। सुकुम्बासीका विषयमा कुरा राख्दै गर्दा कीर्तिपुरबाट पक्राउ परेका उनी प्रहरीकै कुटाइले घाइते भएका छन्। उनी हाल शिक्षण अस्पतालमा उपचारमा छन्।

अधिवक्ता समेत रहेका माजिदले आफूलाई पक्राउ गरे पनि पक्राउ पुर्जी नदिइएको बताएका छन्। सामाजिक सन्जालमा माजिदले लेखेका छन्, ‘न त मलाई कुनै पक्राउ पुर्जी देखाइएको छ । मेरो पक्राउको कानूनी हैसियत बारेमा पनि कुनै स्पष्टता छैन । के गृहमन्त्री वा प्रहरी प्रमुख ज्यूले यो कुरा स्पष्ट पार्न सक्नुहुन्छ कि यी सबै गैरकानूनी कारबाहीहरू किन यति लक्षित तरिकाले म विरुद्ध गरियो ?’ उनले जीवन रक्षा र स्वतन्त्रताका लागि सबै सामु अनुरोध समेत गरेका छन्।

प्रकाशित: २९ असार २०८३ ९:५४ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast