काठमाडौँ- जेनजी अगुवा माजिद अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुकुम्वासी राखिएको कीर्तिपुर होल्डिङ सेन्टरमा पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
‘जेनजी मुभमेन्ट अलायन्स’ का सदस्यसमेत रहेका अन्सारीसहित उनको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले अन्सारीलाई लछारपछार गर्दै जबजरस्ती भ्यानमा हालेको अलायन्सले जनाएको छ। कानुनका विद्यार्थी रहेका अन्सारी नेपाल ल क्याम्पसमा अध्यनरत रहेको बताइएको छ।
घटनाप्रति अलायन्सले आपत्ति जनाउँदै पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न माग गरेको छ।
सरकारले सुकुम्वासी राखेको कीर्तिपुरस्थित होल्डिङ सेन्टर अत्याधिक वर्षापछि डुबानमा परेको छ।
प्रकाशित: २७ असार २०८३ १९:२० | Saturday, July 11, 2026
प्रतिक्रिया



