एनपीएल सिजन ३ : क्याटेगोरी ‘ए’ र ‘बी’ खेलाडी को कता पुगे?

हिमाल प्रेस २३ असार २०८३ ११:५० | Tuesday, July 7, 2026
4
SHARES
एनपीएल सिजन ३ : क्याटेगोरी ‘ए’ र ‘बी’ खेलाडी को कता पुगे? एनपीएलमा ए क्याटागोरीमा परेका ५ खेलाडी।

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करण अक्सनमार्फत खेलाडी बाँडफाँट सकिएको छ। नेपाल क्रिकेट संघ(क्यान)का अनुसार ३४७ जनाले नाम दर्ता गराएका मध्ये अक्सनका लागि १५५ खेलाडी छनोट भए।

छनोट भएकामध्ये ५ जना क्याटेगोरी ‘ए’ मा २७ जना क्याटेगोरी ‘बी’ र सर्वाधिक धेरै १२३ जना क्याटेगोरी ‘सी’ मा रहेका थिए। अक्सनमार्फत ५२ जना खेलाडीमाथि फ्रेन्चाइजले बोली लगाए।

तेस्रो संस्कणको एनपीएलबाट हरेक फ्रेन्चाइज टीमले दुई–दुई जना नेपाली खेलाडी थप भइ मार्की, ट्यालेन्ट हन्ट समेत गरी कुल १४ जना खेलाडी हरेक टीममा समावेश गरिने क्यानले जनाएको छ।
यी हुन् ए र बी क्याटोगोरीका खेलाडी

क्याटोगोरी ए

आशिफ शेख : लुम्बिनी लायन्स  : २० लाख
क्याटोगोरी ए

तृतराज दास :  जनकपुर बोल्ट्स

रुपेश सिंह : विराटनगर किंग्स

विवेक यादव : चितवन राइनोज
अर्जुन घर्ती : पोखरा एभेन्सर्ज

क्याटोगोरी बी

शुभ कंसाकार : कर्णाली याक्स
दुर्गेस गुप्ता : लुम्बिनी लायन्स

विपिन शर्मा : कर्णाली याक्स

अविशेक तिवारी र विशाल पटेल : जनकपुर बोल्ट्स

अनिल खरेल : सुदूरपश्चिम रोयल्स

दीपक बोहोरा : सुदूरपश्चिम रोयल्स

प्रकाशित: २३ असार २०८३ ११:५० | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast