एनपीएल तेस्रो सिजनको अक्सन आज, १५५ खेलाडीमध्ये ५२ अनुबन्धन हुँदै

हिमाल प्रेस २२ असार २०८३ १०:१० | Monday, July 6, 2026
6
SHARES
एनपीएल तेस्रो सिजनको अक्सन आज, १५५ खेलाडीमध्ये ५२ अनुबन्धन हुँदै

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि आज अक्सन हुँदै छ। अक्सन दिउँसो १ बजे सुरु हुँदै छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक टोलीले थप दुई नेपाली खेलाडी  राख्न पाउने छन् । त्यसैगरी अक्सनबाट अन्तिम सूचीमा रहेका १५५ मध्ये ५२ खेलाडी विभिन्न फेन्चाइज टोलीमा अनुबन्ध हुनेछन्।

अक्सनका लागि ३४७ खेलाडीले नाम दर्ता गरेकामा १५५ जना अन्तिम सूचीमा अटाएका हुन्। अन्तिम सूचीमा परेका खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ।

अक्सन लागि श्रेणी ‘ए’मा पाँच, श्रेणी ‘बी’ मा २७ र श्रेणी ‘सी’ मा १२३ खेलाडी छन्। अक्सनमा जनकपुर बोल्ट्ससँग खर्च गर्न सर्वाधिक ६६ लाख २५ हजार रुपैयाँको खर्च सीमा छ। काठमाडौं गोर्खाजसँग सबैभन्दा कम मात्र ३४ लाख रुपैयाँ बाँकी छ।

एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।

पहिलो संस्करणमा जनकपुर र दोस्रो संस्करणमा लुम्बिनी च्याम्पियन बनेका थिए।

प्रकाशित: २२ असार २०८३ १०:१० | Monday, July 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast