काठमाडौँ- धनुषा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभातर्फ नेकपा एमाले उम्मेदवार जुली महतोले निरन्तर अग्रता लिएकी छन्।
उनले ११५६१ मत प्राप्त गरेर अग्रता कायम गर्दा प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी (लोसपा)का अनिलकुमार झाले ९३४८ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै जनमत पार्टीका शम्भुनाथ शाहले २७२७ मत प्राप्त गरेका छन्। मत गणना जारी छ।
प्रकाशित: ७ मंसिर २०७९ ८:४१ | Wednesday, November 23, 2022
प्रतिक्रिया



