सङ्खुवासभाको मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

हिमाल प्रेस ९ असार २०८३ १३:३६ | Tuesday, June 23, 2026
8
SHARES
सङ्खुवासभाको मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति फाइल तस्बिर

सङ्खुवासभा- गएराति लाक्पा शेर्पाको घरमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ।

मादी नगरपालिका-३ थामेखर्क निवासी लाक्पाको तीन तले घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।

आगलागीबाट शेर्पाको घरभित्र राखिएको नगद रु ५० हजार, दुई तोला सुन, ३० मुरी आलु, तीन मुरी धान, चार मुरी मकैलगायत अन्नपात, भाडार्वतन र लत्ताकपडा जलेर नष्ट भएको हो।

शेर्पा निदाइरहेको अवस्थामा आगलागी भएको तर, आगलागीको कारण भने खुल्न सकेको छैन।

आगलागीको सूचना प्राप्त भएपछि प्रहरीचौकी मंगलबारेबाट प्रहरी सहायक निरीक्षक सुदेश चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको थियो।

प्रकाशित: ९ असार २०८३ १३:३६ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast