नयाँ दिशा र सुरुवातका लागि रास्वपालाई सफलताको शुभकामना : उपेन्द्र यादव

हिमाल प्रेस ७ असार २०८३ १६:३६ | Sunday, June 21, 2026
14
SHARES
नयाँ दिशा र सुरुवातका लागि रास्वपालाई सफलताको शुभकामना : उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले मुलुकलाई नयाँ दिशा र नयाँ सुरुवाततर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले महाधिवेशनले ऐतिहासिक निर्णय गर्दै देशको परिवर्तनमा योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे।

उनले देशमा व्याप्त विकृति र विसंगतिलाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

उनले रोजगारीको अभावका कारण लाखौं नेपाली युवा विदेशिन बाध्य भएको उल्लेख गर्दै आर्थिक विकास र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताए। त्यसका लागि सुशासन र सामाजिक न्याय सबैभन्दा महत्वपूर्ण आधार रहेको उनको भनाइ थियो।

यादवले अब मुलुक पुराना विकृति र विसंगतिबाट मुक्त भएर नयाँ युगतर्फ अघि बढ्ने अवसर प्राप्त भएको उल्लेख गर्दै रास्वपाको महाधिवेशन त्यस दिशामा महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गरे।

सम्बोधनका क्रममा उनले संविधान संशोधनको विषयलाई पनि जोडदार रूपमा उठाए। वर्तमान संविधानमा संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण उपलब्धि समेटिए पनि अझै धेरै पक्ष अधुरा र अपूर्ण रहेको उनको धारणा थियो।

‘संविधानमा रहेका त्रुटि, विरोधाभास तथा अपूर्णतालाई हटाउँदै समयानुकूल संशोधन र परिमार्जन गर्न आवश्यक छ,’ यादवले भने, ‘संविधानलाई थप समावेशी, प्रभावकारी र जनमुखी बनाउन सबै राजनीतिक शक्तिहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्छ।’

प्रकाशित: ७ असार २०८३ १६:३६ | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast