एनपीएल तेस्रो संस्करण पनि सन्दीप, बसिर, प्रतिशसहितका ६ खेलाडी विराटनगरमै रहने

हिमाल प्रेस ३ असार २०८३ ९:१२ | Wednesday, June 17, 2026
22
SHARES
एनपीएल तेस्रो संस्करण पनि सन्दीप, बसिर, प्रतिशसहितका ६ खेलाडी विराटनगरमै रहने

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सले टोलीका कप्तान सहित ६ खेलाडीलाई तेस्रो संस्करणका लागि रिटेन गरेको छ । मंगलबार विराटनगरले सामाजिक सञ्जालमार्फतत कप्तान सन्दीप लामिछाने सहितका ६ खेलाडीलाई तेस्रो संस्करणका लागि टोलीमा निरन्तरता दिएको जनाएको हो ।

विराटनगरको टोलीमा कप्तान सन्दीप, प्रतिश जिशी, बसिर अहमद, नारायण जोशी, लोकेश बम र सुवास भण्डारीले निरन्तरता पाएका हुन् ।

विराटनगरले ६ खेलाडीलाई निरन्तरता दिदाँ बाँकी ६ नेपाली क्रिकेटरलाई भने फुकुवा गरेको छ । फुकुवामा पर्ने खेलाडीहरुमा नरेन भट्ट, श्रवण किस्कु, शंकर राना, आयुष न्यौपाने, साहिल पटेल र सुर्य तामाङ रहेका छन् ।

पहिलो संस्करण छैटौं स्थानमा लिग सकाएको विराटनगरले दोस्रो संस्करणमा लिग चरणको यात्रा दोस्रो स्थानमा सकाएको थियो । नेपाल क्रिकेट संघ९क्यान० ले तेस्रो संस्करणको एनपिएलका लागि केही दिनमा नै अक्सनको मिती सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित: ३ असार २०८३ ९:१२ | Wednesday, June 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast