रास्वपाले सक्यो ४ हजार ३६३ वटा वडामा अधिवेशन

हिमाल प्रेस २ असार २०८३ १२:५३ | Tuesday, June 16, 2026
20
SHARES
रास्वपाले सक्यो ४ हजार ३६३ वटा वडामा अधिवेशन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तहगत समितिअन्तर्गत ४ हजार ३६३ वटा वडामा अधिवेशन सकिएको छ। पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार ६ सय ९ वटा पालिका तहको समितिको अधिवेशन सम्पन्न भएको छ। त्यस्तै ६४ वटा जिल्लामा अधिवेशन भएको बुर्लाकोटीले बताए।

बुर्लाकोटीका अनुसार कर्णाली प्रदेशमा डोल्पा र हुम्लामा अधिवेशन भएको छैन।  लुम्बिनी प्रदेशअन्तर्गत रूकुमपूर्वमा अधिवेशन हुन बाँकी छ। गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, मधेस प्रदेशअन्तर्गत धनुषा, सप्तरी बारा र सर्लाहीमा अधिवेशन भएको छैन। सिन्धुपाल्चोक, सिराहा, महोत्तरी, रौतहटमा अधिवेशनको प्रक्रिया सुरू भए पनि अधिवेशन रोकिएको बुर्लाकोटीले बताए।

मधेस प्रदेशको अधिवेशन स्थगन रहेको बुर्लाकोटीले बताए। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ।

प्रकाशित: २ असार २०८३ १२:५३ | Tuesday, June 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast