मौसम बदली भई ठाउँठाउँमा भारी वर्षा

हिमाल प्रेस २९ जेठ २०८३ ६:३४ | Friday, June 12, 2026
30
SHARES
मौसम बदली भई ठाउँठाउँमा भारी वर्षा फाइल तस्बिर

काठमाडौँ- मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले तापक्रम घटेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा सबैभन्दा उच्च तापक्रम भैरहवामा ३२.६ र धनगढीमा ३२.३ डिग्री रहेको छ। तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ।

अन्य जिल्लामा त्यो भन्दा कम नै तापक्रम रहेको छ। तीन दिनअघि केही जिल्लामा ४१ डिग्री नाघेको तापक्रम घटेको हो। विभागका सूचना अधिकारी दिनकर कार्यस्थका अनुसार शुक्रबार कोशी, मधेश र बागमती प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ।

कोशी र मधेश प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बागमती, सोही कारण गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ।

प्रकाशित: २९ जेठ २०८३ ६:३४ | Friday, June 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast