‘जान्नेलाई छान्ने’ भन्ने नाराको वास्तविकता एकपछि अर्को गर्दै देखियो : शंकर पोखरेल

हिमाल प्रेस २७ जेठ २०८३ १३:१५ | Wednesday, June 10, 2026
4
SHARES
‘जान्नेलाई छान्ने’ भन्ने नाराको वास्तविकता एकपछि अर्को गर्दै देखियो : शंकर पोखरेल नेकपा (एमाले) महासचिव शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘जान्नेलाई छान्ने’ भन्ने नाराको वास्तविकता एकपछि अर्को गर्दै देखिएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘देशविरुद्धका घातलाई सामान्य ठान्ने, राज्यविरुद्धको विध्वंसात्मक अपराधलाई बहादुरी ठान्ने, स्वार्थमा आधारित सेटिङलाई विधि बनाउने, यदि यही कुरालाई नै ‘जान्नेलाई छान्ने’ भनेको हो भने यो योग्यता होइन, पाखण्ड हो।’

अर्थ विधेयकजस्तो संवेदनशील दस्तावेजमा गैरकानुनी छेडखानी गर्ने, अवैध धनका स्रोतलाई सिष्टमको कमजोरी देखाइदिने, आफ्ना मानिसलाई जुक्ति लगाएर उन्मुक्ति दिने र अरूलाई जसरी पनि दोषी देखाउन खोज्ने योग्यता नभई पाखण्ड रहेको उनको भनाइ छ।

यसलाई पोखरेलले स्वेच्छाचारिता, पक्षपात र भ्रष्टताको संस्थागत रूपको संज्ञा दिएका छन्। सुशासन र तीव्र विकासका लागि हिजोका कमिकमजोरी हटाउनु आवश्यक रहेको बताउँदै उनले त्यसलाई नै बिर्साउने कूकार्य नयाँका नाममा उचित मान्न नसकिने उनले उल्लेख गरेका छन्।

प्रकाशित: २७ जेठ २०८३ १३:१५ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast