लिङ्देनप्रति असन्तुष्ट नेताहरूले सामूहिक राजीनामा दिइदै

हिमाल प्रेस २१ जेठ २०८३ ८:२४ | Thursday, June 4, 2026
10
SHARES
लिङ्देनप्रति असन्तुष्ट नेताहरूले सामूहिक राजीनामा दिइदै

काठमाडौँ- पछिल्लो समय फुटतर्फ अघि बढेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मा राजीनामा दिने लहर चलेको छ। महामन्त्री धवलशमशेर राणाले राप्रपा परित्याग गरेपछि उनी निकट नेताहरू निरन्तर राजीनामा दिइरहेका छन्।

यसअघि पनि युवा नेताहरू निराजन बमसहितले राजीनामा दिइसकेका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्ट नेताहरूले आज सामूहिक राजीनामा दिन लागेका छन्। राप्रपा नेता रन्जन कार्कीका अनुसार केही ठूला र युवा नेताले आज सामूहिक राजीनामा दिने छन्।

‘एकता हाम्रो शक्ति हो, परिवर्तन हाम्रो लक्ष्य हो, आज इच्छुक सबैलाई उपस्थितिको हार्दिक निमन्त्रणा’सहितको आह्वान सार्वजनिक गरिएको छ। कार्कीका अनुसार काठमाडौँस्थित एलोक प्रगडामा आज दिउँसो १ बजे राजीनामा दिइने छ।

प्रकाशित: २१ जेठ २०८३ ८:२४ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast