शिर काटेर टेबलमा राखे पार्टीमा एकता हुन्छ भन्ने मानसिकता छ : ओली

हिमाल प्रेस २० जेठ २०८३ १३:४० | Wednesday, June 3, 2026
16
SHARES
शिर काटेर टेबलमा राखे पार्टीमा एकता हुन्छ भन्ने मानसिकता छ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र शिर काटेर टेवलमा राखे पार्टी राम्ररी चल्छ भन्ने मानसिकता रहेको बताएका छन्। उनले अहिलेको परिस्थितीमा पार्टी भित्र मजबुद एकता आवश्यक रहेको बताएका छन्।

पार्टीको संगठन विभागले आयोजना गरेको सदस्यता नविकरण विस्तार तथा उत्प्रेरणा कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले कतिपय नेताहरुले शिर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने अभिव्यक्ति दिएको बताए। ‘शिर काटेर टेवलमा राखिदिने हो भने जीउले मात्र पार्टी एकता हुन्छ भन्ने मानसिकता पार्टी हितमा छैन’ अध्यक्ष ओलीले भने।

‘विरोधीहरुबाट हमला भइरहेको बेला पार्टीका केही साथीहरु र कतिपय मिडियाले समेत पार्टी कै विरोध गरे ’ उनले भने ‘पार्टीमा कोही एता फर्केर बोल्ने,कोही उत्ता फर्केर बोल्ने । पार्टी विरुद्ध भ्रम फिँजाउने । समिक्षा गर्नुपर्छ भन्ने तर समिक्षा नै नभइ कोही हस्ताक्षर गर्न कुद्ध्ने,कोही अनेक भ्रम फैलाउदै कुद्ध्ने । यस्तो प्रवृतिले पार्टी एकताबद्ध हुन सक्दैन।’ अध्यक्ष ओलीले पार्टी भित्र अहिले व्यापक एकता चाहिएको बताए। एमाले ३६ वर्ष देखि जनताको बहुदलीय जनवादमा एकताबद्ध भएको बताउदै सबै नेता कार्यकर्ता त्यसकै आधारमा चल्नुपर्ने बताए। पार्टीको संगठन विभागले आयोजना गरेको कार्यक्रम आज र भोलि चल्नेछ ।

प्रकाशित: २० जेठ २०८३ १३:४० | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast