काठमाडौँ- शिक्षा क्षेत्रका विभिन्न कार्यक्रम तथा तहमा सरकारले बजेट वृद्धि गरेको छ। आधारभूतदेखि माध्यमिक तहसम्मका कार्यक्रमहरूको बजेट सबैजसो शीर्षकमा बढाइएको हो।
शुक्रबार संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेअनुसार माध्यमिक प्रथम तहका लागि हालको करिब ५६ हजार ७८७ रुपैयाँ रहेकोमा वृद्धि गरेर ६२ हजार ४६६ रुपैयाँ पुर्याइएको छ।
त्यस्तै, द्वितीय तहको ४८ हजार ७३७ बाट बढाएर ५३ हजार ६११ रुपैयाँ र तृतीय तहको ४३ हजार ६८९ बाट ४८ हजार ५८ रुपैयाँ पुगेको छ।
निमावि (निम्न माध्यमिक) तहअन्तर्गत पनि वृद्धि गरिएको छ। प्रथम तहमा ४५ हजार ६८२ बाट बढाएर ५० हजार ४४८, द्वितीय तहमा ४३ हजार ६८९ बाट ४८ हजार ५८ र तृतीय तहमा ३४ हजार ७३० बाट ३८ हजार २०३ रुपैयाँ पुर्याइएको छ।
त्यसैगरी, प्रावि (प्राथमिक) तहमा पनि वृद्धि भएको छ। प्रथम तह ४३ हजार ६८९ बाट ४८ हजार ५८, द्वितीय तह ३४ हजार ७३० बाट ३८ हजार २०३ र तृतीय तह ३२ हजार २०२ बाट ३६ हजार १९२ रुपैयाँ पुगेको छ।
अनुदानतर्फ २ विषयसम्म एसएलसी कार्यक्रमका लागि २७ हजार ६१२ बाट ३० हजार ३७३ रुपैयाँ र २ विषयभन्दा बढीका लागि २६ हजार ८२ बाट २८ हजार ६९० रुपैयाँ पुर्याइएको छ।
तालिका

शिक्षामा बढाइयो बजेट, शिक्षकको क्षमता परीक्षण गर्ने व्यवस्था लागू गरिने




