अमेरिकामा आयोजित जी–२० बैठकमा युरोपेली कूटनीतिज्ञद्वारा रुसको बहिष्कार

हिमाल प्रेस १४ कार्तिक २०८३ १०:५८ | Saturday, October 31, 2026
8
SHARES
अमेरिकामा आयोजित जी–२० बैठकमा युरोपेली कूटनीतिज्ञद्वारा रुसको बहिष्कार

काठमाडौँ– युरोपेली कूटनीतिज्ञहरूले रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभसँग सामूहिक तस्बिर खिचाउन अस्वीकार गरेका छन् । अमेरिकाको एटलान्टामा आयोजित जी–२० विदेशमन्त्रीहरूको बैठकमा युरोपेली कूटनीतिज्ञहरूले रुसलाई बहिष्कार गरेका हुन् ।

विवाद बढ्न नदिन अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तस्बिर खिच्ने कार्यक्रम नै रद्द गरेका थिए । जर्मन विदेशमन्त्री जोहान वाडेफुलले रुससँगको सम्बन्ध सामान्य अवस्थामा नरहेकाले लाभरोभसँग सामूहिक तस्बिर नखिच्ने बताएका थिए ।

जी–२० को दुईदिने बैठक आगामी डिसेम्बरमा अमेरिकामा हुने नेताहरूको शिखर सम्मेलनको तयारीका रूपमा आयोजना गरिएको हो । उक्त सम्मेलन राष्ट्रपति डोनाल्ड ट्रम्पको मियामीस्थित गल्फ क्लबमा हुने तय भएको छ ।

बैठकको उद्घाटन गर्दै रुबियोले विश्वले आर्थिक र भूराजनीतिक संकटको सामना गरिरहेको उल्लेख गर्दै सदस्य राष्ट्रबीच सहकार्य आवश्यक रहेको बताए । ऊर्जा तथा व्यापारमा देखिएका अवरोधले विश्वव्यापी आर्थिक व्यवस्थाका आधारभूत संरचनामा खतरा उत्पन्न गरिरहेको उनको भनाइ थियो ।

तर, युक्रेन र इरानमा जारी युद्ध र होर्मुज जलमार्गमा जलयातायातको स्वतन्त्रताजस्ता विषयमा सदस्य राष्ट्रबीच मतभेद देखिएको छ ।

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई डिसेम्बरमा हुने जी–२० शिखर सम्मेलनमा निमन्त्रणा दिएको छ । निमन्त्रणा स्वीकार गरे–नगरेको भने स्पष्ट भइसकेको छैन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिन सहभागी भए आफू पनि मियामी पुगेर वार्ता गर्न तयार रहेको बताएका थिए ।

यसैबीच, लाभरोभले डीडब्ल्यूसँग पुटिन जेलेन्स्कीलाई मस्कोमा भेट्न तयार रहेको बताए । जेलेन्स्की मस्को आए उनको सुरक्षाको ग्यारेन्टीसमेत दिइने उनले बताएका छन् ।

यद्यपि, शिखर सम्मेलनमा पुटिन सहभागी हुनेबारे लाभ्रोभले केही खुलाएनन् । पुटिन सन् २०१९ यता जी–२० नेताहरूको बैठकमा प्रत्यक्ष सहभागी भएका छैनन् । सन् २०२३ मा उनी भर्चुअल रूपमा सहभागी भएका थिए ।

प्रकाशित: १४ कार्तिक २०८३ १०:५८ | Saturday, October 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast